बन्द ढोका उघारेर पस्छे के गरुँ म
जून मेरै आँगनीमा खस्छे के गरुँ म
न बोलाएँ बगैचामा मैले फूललाई
भवँराको छेऊ आई बस्छे के गरुँ म
यौवनका फूलहरू फुल्दै गर्दा खेरी
मातिएर अंगालोमा कस्छे के गरुँ म
यति राम्री रुपकी छे यसै मरेको छु
मुहारमा अझ लाली घस्छे के गरुँ म
जून बस्ने आकाश हो यति थाहा हुँदै
धुलोसँग धरतीमा फस्छे के गरुँ म