बन्द हड्ताल जता ततै जाम किन सरकार।।
लोकतन्त्रमा गोधुलीको घाम किन सरकार।।
गर्नु गर्यौ अपमान शहिदको बलिदान,
जो मर्दा नी शहिद कै नाम किन सरकार।।
रोजगार नहुनाले कति यहाँ बिदेसिँए,
बाँधिएर आउँछन् फेरि खाम किन सरकार।।
शान्ति अनी बिकास त्यो कहाँ पुग्यो संम्बिधान,
आफ्नै स्वार्थ पूर्ती गर्ने काम किन सरकार।।
भष्ट्रचारी नेताको नै लाम किन सरकार।।