वर्षात हट्यो चारै-तीर बादल सबै खुल्यो होला ।
दशैं आयो खेतै भरी धानको बाला झुल्यो होला ।
मैले नै त लगाको थें हाम्रो आँगनीमा फूल हरु ।
आज भोली त्यही फूल ढकमक्क फूल्यो होला ।
दशैंको आभास पाएँ आमा मैले पनी परदेशमा ।
गुन-गुन गर्दै फूलहरुमा, भमरानी डूल्यो होला ।
यो पाली आऊँदीन आमा छुट्टी पनी पाको छैन ।
अरु फर्केको देखेपछी, तिम्रो मन घुल्यो होला ।
न सोंच्नु है साथी भाईले, कृष्णेले भूल्यो होला ।