अचम्मको समय, अचम्मको काल छ,
बारुदको गोदाममा शान्ति फाला-फाल छ ।
जस्ले बन्दुक भिर्छ आमा त्यसलाई माला-माल छ,
कलम बोक्ने कलमबीरको दुबै गाला लाल छ ।
आरोप भन्ने नपोल्ने आगो एक-अर्का माथि हाला-हाल छ,
सुन्छू मैले नेपाल देशको हाल सारै बेहाल छ ।
रारा-फेवा सुकि गए तर काठ्माण्डू रक्त ताल छ,
छदमभेषि भेम्पायरको लागि निर्दोस जन्ता ढाल छ ।
रुवाण्डा भयो देश मेरो, सत्तामा माहाकाल छ ।
शान्तिका परेवा पलाएन भए,अहिले चारैतिर हाहाकार छ,
बुद्धको मेरो देशमा बारुद फाला-फाल छ ।
सुन्छू मैले नेपाल देशको यस्तै-यस्तै हाल छ,
बारुदको गोदाममा शान्ति फाला-फाल छ ।