बसन्तको बहार संगै, आउने अनगिन्ति रहरहरु
पुरा गर्न नपाउदाँ नै, बित्ने कठिनतम्...प्रहरहरु॥
अतित भएर गै सके, र पनि छैन छोडेको पिछा
अझै पनि बर्षदैछन्, याहाँ उत्पात संग कहरहरु॥
परिवारलाई छाडेर, जागेर आएको तृष्णा मेटन
गाउँ-बस्ति उजाड पार्दै, चले मानिसका लहरहरु॥
मुस्किल पर्ने जहाँ पनि, बाँच्न सोझा-साझाहरुलाई
शहरमा आएर पनि, प्युदैछन् नजानिदो जहरहरु॥
जहाँ गएनि आखिरमा, ठगहरुकै त छ बिग-बिगि
सरलक्कै डुबेका छन्, बेइमानिमा याहाँ शहरहरु॥