वसन्तमा प्रकृतिको मात रैछ मायाँ
लट्ठ्याउने मीठामीठा बात रैछ मायाँ
सिरीसिरी हावाचल्दा ग्रिष्मऋतु राम्रो
छहारीमा हल्लिएको पात रैछ मायाँ
बर्षातमा उर्लिएर खोला नाला बढ्दा
मायालुले समाएको हात रैछ मायाँ
शरदमा ढकमक्क फूलैफूल्को ताँती
टह टह जुनेलिको रात रैछ मायाँ
हेमन्तको उजाडले खिन्न हुँदा मन
सन्तोष र आनन्दको खात रैछ मायाँ
युगौँ युग नछुट्टिने साथ रैछ मायाँ