बेईमानीको माया हुनु र नहुनुमा के फरक भो
निर्दयिको अघि हास्नु र रुनुमा के फरक भो
आत्मग्लानिले खाग भएको तिम्रो शरीरलाई
मायालु हातले छुनु र नछुनुमा के फरक भो
अलकत्रा झै जमेको तिम्रो मनको अबिश्वसलाई
अमुल्य मेरा आशुले धुनु र नधुनुमा के फरक भो
जतिबेला सत्यता सुन्न बैरो बनायौ आफुलाई
आज तिम्रो कुरा सुन्नु र नसुन्नुमा के फरक भो
निर्दयिको अघि हास्नु र रुनुमा के फरक भो