बेसाहारा जिन्दगीको, सहारा त्यो तिमि नै हौ !
सागर झैँ जीवनको, किनारा त्यो तिमि नै हौ !
अल्मलिदै सोच्दै थिए, दोबाटो मा अल्झिएर,
औला तेर्स्याई देखाउने, ईशारा त्यो तिमि नै हौ !
अन्धो सरी अँधेरीमा, भट्कीदा म एता उता,
बाटो भरि ज्योति छर्ने, सीतारा त्यो तिमि नै हौ !
जिन्दगीको यात्रा माझ, हिड्दा-हिड्दा गल्छु जब,
बिसाउने भारि मेरो, चौतारा त्यो तिमि नै हौ !
तिमि धर्ति-गगन मेरो, जग़-सारा त्यो तिमि नै हौ !