बेसहारा जिउदै म ढलेपछि आए हुन्छ !
मेरो लास चित्तामाथी चलेपछि आए हुन्छ !
आँशु झार या नझार ज्वाला भित्र जलाउदै !
मलामीले घोची घोची पोलेपछि आए हुन्छ ! !
लास संग अजम्बरी भनी लाको माया पनि !
आगो सितै दन्किएर जलेपछि आए हुन्छ !
मेरो सबै अस्तित्वहरू मेटाएर ख़ाक पारी !
ख़ाक भित्र खरानी झै गलेपछि आए हुन्छ !
राँको जस्तै ईच्छाहरु बलेपछि आए हुन्छ ! !