बेसुरमा बजेको म संगीतको ताल हूँ ।
बेखबर बहेको म बहारको छाल हूँ ।।
जिन्दगीको थुप्प्रै बहाबमा बग्दै बग्दै ।
कही कतै चेपिएर बग्ने मैलो ढल हूँ ।।
सागरको छलाँग्सित उर्लिएर छेउको ।
किनारा भै रहने त्यों बगर बि"शाल हूँ ।।
छोपिएको घुम्टो उघारी रमाउने त्यों ।
मेरो देश चिनाउने शुद्ध फेवाताल हूँ ।।
बेखबर बहेको म बहारको छाल हूँ ।।