भाग्यले फेरी चिन्तामा पारेको छ
आँखाले थोपा आँसुको झारेको छ।।
ओठको हाँसो छरेर बाँच्छु भन्दा
मलाई छाडी बसाई सारेको छ।।
बाहिर हेर्दा हँसिलो देखे पनि
दिलमा आगो लगाई मारेको छ।।
हरेक बाधा अर्चन सहि-सहि
अहिले सम्म जीवन तारेको छ।।
संधर्ष गर्न आत्माले हारेको छ।।