भाई भाई को नाता यहाँ, गासे हुन्न र ??
मन भरी नै खुशी बाटी, हासे हुन्न र ??
उपनि त आफ्नोनै हो, किनलाग्छौ पछी
तीम्रो मन को ब्याभिचार, मासे हुन्न र ??
मिलीजुली बसौ हामी किन, ठान्छौ शत्रु
कुबिचार, कुदृष्टीलाई, नासे हुन्न र ??
राष्ट्रिय अखण्ड माथि आच,किनल्याउछौ
बिखण्डन सिद्दान्त लाई, छासे हुन्न र ??
तीम्रो दिलमा शान्ती भन्ने, टासे हुन्न र ??