भालुलाइ पुराण जति, सुनाएनी लास्टा' त्यै हो !
जति गुण बैगुनी लाइ, लगाएनी लास्टा' त्यै हो !
मन्दिर भित्र इश्वर अनि, बाहिर चाही ढुंगो अरे,
जति फुल पत्थर लाइ, चढ़ाएनी लास्टा' त्यै हो !
लेखेको नै हुन्छ रे हौ, किन हेर्छौ आँखा च्याती ?
राम्री तीर नजर तिम्रा, डुलाएनी लास्टा' त्यै हो !
गाई किन हुन्थ्यो कठै-बरा, गधा जति धोए पनि,
मुर्ख लाइ ज्ञानको पाठ, पढ़ाएनी लास्टा' त्यै हो !
चिप्लो घस्दै आउछन पहिला, रुवाएर जान्छ्न अनि,
मन भित्र निर्मोही लाइ, सजाएनी लास्टा' त्यै हो !
स्वार्थी लाइ जतिनै बिन्ती, बिसाएनी लास्टा' त्यै हो !
भयो, पुग्यो रुन छोड, निस्ठुरी लाइ सम्झी-सम्झी,
आँशु तिम्रा सागर सरी, बगाएनी लास्टा' त्यै हो !
मैले त सत्य कुरा लेख्या हो, आफ्नो बानी यस्तै छ, जे देख्छु त्यही लेख्छु ! पढ्दा अली हाँस उठ्दो जस्तो देखिए नि यस्को रदीफ़ ""लास्टा' त्यै हो !"" ....लाइ.... ""किन हुन्थ्यो ?"" राखेर पढ्नु भयो भने हाँस उठ्दैन होला !! हाँस्न चाहने हरु अनि यथार्थ बुझ्न चाहने हरु, सबै को लागी, हामी सबैले देखेका, बुझेका कुरा लाइ एउटा लय मात्र दिएको हु !! हजुर हरु को प्रतिक्रिया तल कमेन्ट मा हेर्न चाहन्छु ।