भनेकै थें यो जोवन, दिंउला निर्माया ।
छोडी हाल्यौ, अब एक्लै जिंउला निर्माया ।।
रम्नु तिमी हाँसी खुशी, पिउनु अमृत सँधै,
के भयो र, म नै आँशु पिंउला निर्माया ।।
हुन्छ भनी ढाँटी हाल्यौ, यो मन फाटी हाल्यौ,
जसो तसो फाटेको मन, सिंउला निर्माया ।।
यो जुनीमा गरीब भए, सबले गरे हेला,
अर्को जुनी अमिर कै, लिंउला निर्माया ।।