भौतारीदै हिडेकी छु, दोबाटोमा छ जिन्दगी
दिन रात दु ख गर्छु, यो माटोमा छ जिन्दगी
देखेका ति महलले, बास दिने छैन मलाई
झुत्रा बस्त्र सुख्खा रोटी, र आटोमा छ जिन्दगी
सुनाउ त सुन्छ कस्ले, मेरा सारा पिर ब्यथा
हेनै सक्छौ भने हेर, यो टाटोमा छ जिन्दगी
जहाँ गए जस्तो भोगे, सुने धेरै कुराहरु
थाह भयौ सत्यताको, त्यो पाटोमा छ जिन्दगी