भावनाको खेलो गर्ने, चलनले खाईसक्यो
त्यस विरुद्ध आवाज दाग्ने, अव समय आईसक्यो॥
सपनाका व्यापारिले, स्वप्ना बेचि खाईसक्यो
त्यस विरुद्ध जेहाद छेड्ने, अव समय आईसक्यो॥
ठगिखाने जमात यो, हाम्रा सिरमा चढिसक्यो
त्यस विरुद्ध लडाई लड्ने, अव समय आईसक्यो॥
वेईमान यो जमात, नसुध्रिने भईसक्यो
त्यस विरुद्ध धावा बोल्ने, अव समय आईसक्यो॥