भएको छु साच्चै म त,एउटा खाली डाली !
त्यै डालीमा फूल भएर, फूली देउन काली !!
हावा-हुरी,चर्को घामको आभास हुनै दिन्न्,
मल,जल,स्याहार~सुसार,म राख्छु समाली !!
यो दु:खीको मर्म बुझ्ने,को नै छ र याहाँ,
जता-जता खुशी छाउछ, त्यतै बज्छ ताली !!
विष पिई मर्छु भने, विष पाईएन कतै,
मर्न पनि सकिएन, भिरैमा हाम फाली !!