भयो भयो मेरो सामु नखोके पनिहुन्छ ।
मेरो मुटु माथि किला नठोके पनिहुन्छ ।।
मत सोझो सिधा परे कोमल फुलजस्तै ।
मैले हिंड्ने बाटो कैले नरोके पनिहुन्छ ।।
तिम्रो मैले केहीपनी बिगार्न खोज्याछैन ।
दिमागमा तिम्ले रिश नबोके पनिहुन्छ ।।
आफ्नो दिल सधैंभरी पवित्र राखे पुग्छ ।
पाप बोकी देबी देउता नढोके पनिहुन्छ ।।
बसीबसी तिम्ले जिब्रो नटोके पनिहुन्छ ।
भयो भयो मेरो सामु नखोके पनिहुन्छ ।
मेरो मुटु माथि किला नठोके पनिहुन्छ ।।