भेट हुँदा हामी कहिल्यै छुट्नु नपरोस
दुई मुटु एउटै होस् ,टुट्नु नपरोस !!
यात्रा रहोस् सधैं एउटै हात समाइ अघिबड्दा ,
गन्तब्यमा पुग्नु अघी फुट्नु नपरोस !!
माया प्रेम ले जात भात केही पनि भन्दैन ,
घान नमिल्ने मकै भट्मास झै अलग भुट्नु नपरोस !!
माया गर्नेको दुस्मन हरु धेरै नै हुनेगर्छन
अलग गर्न खोज्नेलाई तातो फलाम झै कुट्नु नपरोस !!
दुई आत्मा एकै होस् टुट्नु नपरोस !!!!