भिरमाथिको फूललाई टिप्न कहाँ सकियो र
शिरमाथिको फूललाई टिप्न कहाँ सकियो र ।
भेल आउँदै हुत्याउदै गर्दापनि जिन्दगीले
तिरमाथिको फूललाई टिप्न कहाँ सकियो र ।
कहिले खुशी कहिले आबेग सन्नाटाका पाटाहरु
पिरमाथिको फूललाई टिप्न कहाँ सकियो र ।
कहिले उन्छ शरीरमा रगतको भेलै बग्छ
झिरमाथिको फूललाई टिप्न कहाँ सकियो र ।