मुस्कान चिर्ने शिशिर छ बाहिर !, तताईदिउँला भीत्रै आउन ,
तिमी प्रतिको मेरो चाह ,बताई दिउँला भीत्रै आउन ।।
तिमी एक्लै,म छु एक्लै ,समय हाम्रै पक्षमा छ ,
कसको मायाँ कति रैछ ,जताईदिउँला भीत्रै आउन ।।
उमेर एउटै बैंश एउटै ,उस्तै-उस्तै मनका ईच्छा ,
ईच्छा प्राप्ति नहुन्जेल ,सताई दिउँला भीत्रै आउन ।।
दूई मुटुको टकरावको ,नथाकिने यात्रा मीठो ,
लाज पचाउँदै मात्तिई-मात्तीई ,मताईदिउँला भीत्रै आउन ।।
रस काढेरै फूल्ने भए ,रसाईदिउँला भीत्रै आउन ।।