भोक प्यास ले आकुल ब्याकुल भएर के भयो र, टन्न धोक्न पाकै छ
कठाङ्रिने जाडो ले थुर थुर कापुन यहाँ के भयोर, आङभरी लुगा लाकै छ !!
दिन दहाडै चेली सडकमा बलात्कृत हुन या मान्छेहरुको हत्या होस् यहाँ
अघी पछी दाँया बाँया दुई चार बडीगार्ड छन, सुरक्षा आफ्नो भाकै छ !!
समान्ता कस्लाई मिल्यो र यहाँ, बिधिको शासन त चलेकै छ !!
लोक्तान्त्रिक गणतन्त्र नयाँ नेपालको, गीत यहाँ गाकै छ !!
जनताको आँखामा छारो हाली, झुटा भ्रम हरु फैलाएर,
सहमती नजनाएनी लेख्छौ भनी, सम्भिधान सभा धाकै छ !!
टण्टालण्पुर घाम लागे पनि धर्तिमा मडारिएको कालो बादलत छाकै छ !!