भोलि भोलि भन्दै कति, ढाट्छौ लाहुरे दाई
थाहै नदिई राति डाँडा, काट्छौ लाहुरे दाई
मन चोर्यौ मिठो बोलि, मधुर मुस्कानले
हृदयमा छाउदै फेरी, फाट्छौ लाहुरे दाई
आज यहाँ भोलि उहाँ, पल्टन सरे जस्तै
जहाँ गयो त्यहि मन, साट्छौ लाहुरे दाई
माया छैन भनु भने, शकां गरी भन्छौ
मख्ख पार्दै मलाई नै गफ, छाट्छौ लाहुरे दाई
सक्दिन म पर्खिनलाई, भन कहिले आउने
दिलमायाको फेला परे, आट्छौ लाहुरे दाई