भ्रष्टाचारीलाई ज्यूँदै धस्ने विधान हुनु पर्छ ।
देशद्रोहीलाई पासो कस्ने विधान हुनु पर्छ ।
कहिले सम्म झुक्ने हामी नेता सामू भन?
त्यीनले बिगार गर्दा डस्ने विधान हुनु पर्छ ।
ओहोदाको धाक गर्छन सोझा साझा माथी ।
त्यीनीलाई त लोपो घस्ने विधान हुनु पर्छ ।
बाध्यताको फाईदा गलत कामले लीईन्छ ।
गर्ने भन्दा गराउने फस्ने विधान हुनु पर्छ ।
निर्दोषहरु जेल न बस्ने विधान हुनु पर्छ ।