भ्रस्टचारी राख्ने छुट्टै जेल हुनु पर्छ
हत्यारालाई फाँसी दिने नेल हुनुपर्छ
भाई-भाई लडेपछि के अर्थ हारजितको
सबै वर्ग खेल्न मिल्ने खेल हुनुपर्छ
अतिक्रिमित हुदैछ सिमाना हाम्रो,
रोक्नलाई सबै एक मेल हुनुपर्छ
माटो,पानी सबै बेच्ने राष्ट्रघातिहरु
ठेगान लाउन सुनामी भेल हुनु पर्छ