विदेशीए युवा जती छाती भरी देश दुख्छ ।
सुन्य भयो गाउँ बेसी छाती भरी देश दुख्छ ।
सुस्त सुस्त सीमा नि मिच्दैछ छिमेकी देश ।
न सोच्दा गम्भीर भई छाती भरी देश दुख्छ ।
गणतंत्र आए पनी राणा सासन चलेकै छ ।
गरीब बोल्न नपाउँनी छाती भरी देश दुख्छ ।
ह्त्या हींषा बढेको छ शांती म कहाँ खोजूँ ।
सुरक्षित रहेन कोही छाती भरी देश दुख्छ ।
उठ्दैनौं की नेपाली छाती भरी देश दुख्छ ।