बिद्रोहको ज्वालामुखी, फुट्नै पर्छ एक दिन
दोषि कोच्दै निर्दोषहरु, छुट्नै पर्छ एक दिन
धेरै गर्यौ अत्याचार, हामी माथि आज सम्म
त्यसको अन्त्य गर्न पनि, जुट्नै पर्छ एक दिन
कसैको त पत्तै छैन, कोहि भए जिउदा शहिद
यातना दिई हास्नेलाई नि, कुट्नै पर्छ एक दिन
छोरा छोरी लगि मार्यौ, चिसो चुल्हो बल्नै छाड्यो
घुसखोरीको सम्पति नि, लुट्नै पर्छ एक दिन
रगतको खोलि बगाई, सुन होलि खेल्नेहरु
तिम्लाई पनि त्यसै गरी, भुट्नै पर्छ एक दिन