बिहाँन उठ्छु हात मुख धुन्छु ।
देवता मानी आँगनिको ढुंगालाई पुज्छु ।।
मन पवित्र भए जान पर्दैन काँसी ।
हजुर बाको अर्ती उपदेश गुन्छु ।।
कता जाने के गर्ने कसलाई भेट्ने ।
मनमा मन्थन गर्छु सोचमग्न हुन्छु ।।
हिजोको कुरा इतिहांस भई सकेको छ ।
दिन भरीको नविन योजना बुन्छु ।
शान्त सौम्य बुद्धको संदेश चुन्छु ।।
चराअहरुको चिरविर बुज्दिन यिनको भाषा ।
नवयुगको गीत हो की कान थापेर सुन्छु ।।