बिहे गर्नु माया गर्नु पाटो बेग्लै रैछ
थाहा पाए जिन्दगीमा बाटो बेग्लै रैछ
ज्यान एकै मन एकै लाग्थ्यो सबै एकै
तिम्ले खाने मैले खाने आटो बेग्लै रैछ
भए पनि फेर्ने श्वास एकै हाम्रो तर
तिम्ले टेक्ने मैले टेक्ने माटो बेग्लै रैछ
दुखि रन्थ्यो छाती सधै सम्झनाले तिम्रो
घाउ प्रेम्कै भएपनि टाटो बेग्लै रैछ