बिकासको काम छोडि, कुर्सीमात्रै ताक्छ्यौ नेता
देश चलाऊने हुती छैन, बिदेसिलाई डाक्छ्यौ नेता !!
घुस्खोरी, भ्रष्टचारी सबै यहाँ एक नम्बरका ठुला
सबैकुरा पर्दाबाहिर छ, किन लाज ढाक्छ्यौ नेता !!
गाउसहर बनाउन जितायथे, अमुल्य समय खर्चियर
मोजमस्तीमै बितायौ दिनहरु, अबकहिले थाक्छ्यौ नेता !!
सुन्दर शान्ता बिशाल, सगरमाथाको सिर भाको
मेरो देश नेपालको, इजत किन फाक्छ्यौ नेता !!
सान्ती सुरक्षा कहाँ ? के देश हाक्छ्यौ नेता !!