बिखको प्याला पिएर चाखी त हेर,
फाटेको मन सिएर बाँची त हेर ।
अपुरो देख्छु तस्विर किन हो कुन्नी ?
शरीर सग्लो दिएर बाँची त हेर ।
अर्पण गरी बनेर त्यागी त्यो स्वार्थ,
निश्छल बनी पिरती गाँसी त हेर ।
भन्नेले भन्छ जीवन अर्पी यो दिन्छु,
बचन दिगो अटल राखी त हेर ।
जीवन बाजी राखेर थापी त हेर ।
लाउछौ फुर्ती अचाक्ली किन हो त्यस्तो ?
प्रेमिको निम्ती थापेर घाँटी त हेर ।