विकृति विसंगति ढलाएर आऊ नवयुग
विकार द्वैषभाव गलाएर आऊ नवयुग !
उस्तै छ रुढीवाद महारोग जस्तै गाउभरि
दियालो चेतनाको जलाएर आऊ नवयुग !
बढ्दो छ गरिबी यो उत्पादन शुन्य खेतबारी
घुर्यानमा कन्दमुल फलाएर आऊ नवयुग !
हरायो मानवता आधुनिक भव्य शहरमा
माधुर्य बन्धुभाव पलाएर आऊ नवयुग !
धेरै भो भ्रान्ति यहाँ परिवर्तन त्यो गर्ने भनि
तिमि नै नव क्रान्ति चलाएर आऊ नवयुग !