बिलख्ख बन्द हटाइ आउ यस पाली
बादल कालो हटाइ आउ यस पाली
झगडा सधैं नेताको निजी स्वार्थ बिच
विधान लेख्न खटाइ आउ यस पाली
भाषण मात्र यिनको सिन्को भाच्ने छैन
बेकामी डाँडा कटाइ आउ यस पाली
बिग्रेको काम सुधारी एक एक गरी
खराबी सबै छटाइ आउ यस पाली
दिक्दारी फाली उमङ्ग भरी नयाँ साल
महङ्गी अली घटाइ आउ यस पाली