बिना मूल्य बिक्न थाले, कुनै भाऊ छैन मेरो ।
जो सुकै ले जे जे भन्छ, कुनै नाउं छैन मेरो ।।
मेरो बस्ती उजाड़ भयो, कहा बॉस बसूं अब ।
जन्मिएको थलो खोजू, उहा गाउं छैन मेरो ।।
आफन्तले दोबाटोमा साथ छोड़े पछि कठै ।
यहाँ एक्लो मन नदी तर्ने नाऊ छैन मेरो ।।
बेसहारा दुखी जुनी कसो गरी पार तरु ?
रहूँ कहा ? प्रभु । काही पनि ठाउं छैन मेरो ।।
जो सुकै ले जे जे भन्छ, कुनै नाउं छैन मेरो ।।