बिना काम धेरै कुरा, खोक्नु हुदैन
अघि बढ्ने पाईलाहरु, रोक्नु हुदैन
चिप्ला राम्रा कुरा भित्र, स्वार्थ हुन्छ कि ?
नबुझेरै तालिहरु, ठोक्नु हुदैन
लाग्छ नसा भन्ने था'छ, ठिक्क पिदेउन
बेहोस नै हुने गरी, धोक्नु हुदैन
आफ्नो शक्ति बिचार गरी, भारी रोजन
शरीरलाई थिच्ने भारी, बोक्नु हुदैन
काम गर्दा ढिलो चाँडो, हुन सक्छ नि
अदुरदर्शि बन्दै मिति, तोक्नु हुदैन