बिन्ती गर्छु एउटा कुरा मेरो बात खान्छौ भने
तिम्रो भलो चिताउने असल चेली मान्छौ भने
तिम्रै कारण आमाबाबु रोएर बस्छन कठैबरा !
मान आग्रह आशु नभै हाँसोलाई छान्छौ भने
सुध्रिहेर एकपटकलाई दुनियाँको सामु तिमी
साथीसङी आफन्तलाई आफुतिर तान्छौ भने
आएका थियौ खाली तिमी जानेछौ खाली नै
परिचय चाँही पाउनेछौ यदी केही लान्छौ भने
मद मदिरा नशाहरु आजदेखी नै छाडिदेउ है
पाएर सबैको साथ सुखी जीवन धान्छौ भने
बिन्ती गर्छु एउटा कुरा मेरो बात खान्छौ भने
तिम्रो भलो चिताउने असल चेली मान्छौ भने