बिरानो देशमा, गुराँश के फुल्थ्यो हाम्रो पहाडमा झैं
टल्कंदै हिमाल, क्षितिज के खुल्थ्यो हाम्रो पहाडमा झैं
स्वप्नमा देशको झजल्को आउँछ मन दुख्छ बेस्सरी
उजाड भूमिमा अनाज के झुल्थ्यो हाम्रो पहाडमा झैं
मुग्लान पस्छन अमुल्य जीबन बन्धकी बनाउदै
पराइ माटोमा पसिना के घुल्थ्यो हाम्रो पहाडमा झैँ
मादल बज्दोहो गाउँमा झ्याउरे, मारुनी नाच्दा हुन्
निराश प्रबाश यो मन के भुल्थ्यो हाम्रो पहाडमा झैं