विश्वास धेरै गरि सकियो, अव अविश्वास गर्नुपर्ने भएको छ
कुरा धेरै सुनि सकियो, अव काम हेर्ने तिर ध्यान गएको छ ॥
नीतिका कुरा धेरै सुनियो, अव नैतिक्ता जाँच्ने वेला भएको छ
काम धेरै भएको सुनियो, अव परिणाम तिर ध्यान गएको छ ॥
आदर्श याहाँ धेरै छाँटियो, अव व्यबहार जाँच्नुपर्ने भएको छ
क्रान्तिका कुरा धेरै गरियो, अव परिवर्तन तिर ध्यान गएको छ ॥
मुर्ख धेरै पटक बनियो, अव सचेत भएर चल्ने वेला भएको छ
पछि धेरै लागियो, अव खवर्दारि गर्ने तिर ध्यान गएको छ ॥
समय धेरै खेर फालियो, अव नफाल्ने तिर ध्यान गएको छ ॥
अरुको झोला धेरै भिरियो, अव आफ्नै भिर्ने वेला भएको छ
कारिन्दा धेरै बनियो, अव निर्णायक हुने तिर ध्यान गएको छ ॥
हस्थक्षेप धेरै सहियो, अव आफैले पो गर्ने वेला भएको छ
व्यक्तिका पछि धेरै लागियो, अव हामि तिर ध्यान गएको छ ॥