बिस्तारै छिप्पिने कालो रातसंग संगै,
के तिमी नि कहिले छिप्पिएका छौ?
कालो कालकूट निशा ले सुस्त सुस्त दिन खादा,
के तिमी नि कहिले त्यसरि नै सिद्दिएका छौ?
ईच्छा र यथार्तताको तेस्रो बिश्व युद्ध पर्दा,
के तिमी नि कुन्तीसरि बिबश र वेहाल भएका छौ?
जीवनको संग्राममा कलंगारुपि घोकन्ते पाठले ठेङ्गा देखाउदा,
के तिमी नि कहिले अशोकासरि प्रमाणपत्रका थानमा थन्किएका छौ?
पहिलो प्रेमले सर्वस्व त्यागी साथ तिम्रो माग्दा,
के तिमी नि हारेका युधिरिष्ट भएका छौ?
के तिमी नि घाटिमा दाम्लो बाँधि तारे गोरुको ठाँउमा उभिएका छौ??
आफ्नो जीवन स्वाहा पारेर "अर्याल कान्छो",
के तिमी नि कर्णसरि महादान भएका छौ?
सत्यको जीत हुन्छ भन्दै त्रेता युगमा झै उफ्रिदा,
के तिमी नि गोदाई पाई कलियुगे हनुमान भएका छौ??