बियोग ले तड्पियर, आज म जली रहेँ,
सुकेका झिजा सरी, दन दनी बली रहेँ !!
उठेर अगाडि बड्न नस्क्ने भएछ जिन्दगी
ठिङग उभिय बाटो बिच, कता जाउ अल-मली रहेँ !!
खाटा बसेको घाऊ निको हुन्न झन बल्झिदिन्छ
दबाइ भनी सराब पिए, भित्र भित्रै गली रहेँ !!
सडक बिच ढल्यो जिबन मान्छे हरुलाई भो वाह !वाह!!
कुल्ची हिंडे छाती माथि, ढुकढुकी मात्रै चली रहेँ !!
भाग्यरेखा कोर्नेको नै दुस्मन रहेँछु, खुसी सबै छली रहेँ !!