बियोगमा परी संधै रुने गर्छु म त साथी ।
आँशुले नै चेहरा यो धुने गर्छु म त साथी ।
हर्षाश्रुमा डुबी जिउने चाहा हुँदा हुँदै पनि,
बेदनाको ज्वाला भित्रै हुने गर्छु म त साथी ।
कर्मै खोटी भए पछी खुसी कहाँ मिल्दो रै छ,
धिक्क मान्दै निधार यो छुने गर्छु म त साथी ।
कहीं सुख कहीं दु:ख यहि नै हो जिन्दगानी,
तर संधै आँशु बनि चुने गर्छु म त साथी ।
आशाहरु मरी दिंदा जिउँदो लाश भैँदो रै'छ,
सडीएर आफै भित्र कु'ने गर्छु म त साथी ।