बोकेर डम्फु, टुङना मादल, गोठालो गर्दो हो
परेमा साँझ गाईबस्तु लिई बेसींमा झर्दो हो
वर्षाको झरी वारी र पारी, गाउँघर् रुझाउँदाँ
उर्लेर आउने, लिखुको जघाँर्, कसरी तर्दो हो?
सजाउँछन् रङ्ग, आँखामा हजार्, बाबै र आमैले
सुखमा राख्न परेमा जस्तै, दु:खलाई हर्दो हो
टमक्क परि मिलेको ज्यान, उस्तै छ पहिरन
परिमा आउँदा, जे जस्तो काम अगाडी सर्दो हो
आँखाको नानी उसैलाई ठानी भेट्नेछु म पक्कै
देख्दामा मलाई भुतुक्कै बनि उ पनि मर्दो हो