बूढो भैयो चार बीसको, हात गोडा चलेन ऊफ ।
खेती लाउन नसक्ने भएँ, दलानमा फलेन ऊफ ।
पढेको छोरो सुख खोज्छ, शहरैमा रमाउने भो,
किन टेर्थी बुहारीले, ठाडो सिन्को ढलेन ऊफ ।
तातो र चिसो सोध्ने बुढी, पापी चोला छाडेर गई,
आंत भर्न भोकले माग्दा, चूलोमा जलेन नि ऊफ ।
नातिले भन्छ नरुनु बा, हजुरलाई हेर्नेछु म,
सानाको झैं ठुलाको नि, दयाको दीप बलेन ऊफ ।