बुझ्नेले बुझिहाल्छ नबुझ्नेलाई के था' हुन्छ ?
एकैचोटि मन्त्री हुँदा, करोडौँको जेथा हुन्छ !
हाम्रा बाउ मूर्ख रै'छन्, राजनीति नै गर्नुपर्थ्यो,
त्यसैले त यो घरमा, सानै कुरा लेठा हुन्छ !
मैले चाहिँ समयमै, यही बाटो लिनुपर्छ,
नत्र भने आफ्नो जीवन, आफैँलाई व्यथा हुन्छ !
बोल्न, ढाँट्न र खोइरो, खन्न जाने पुगिहाल्यो,
अलिकति यता हुन्छ, धेरैचाहिँ त्यता हुन्छ !