बुझ्नु भा'छ साथीहरू ? भाइ जन्मन थालेको छ ।
पूरै दोब्बर गर्भावस्था खाई जन्मन थालेको छ ।।
सबै फूल राम्रा हुन्छन्, केवल हेराइ भिन्न न हो ।
मनै हर्ने वसन्तको जाई जन्मन थालेको छ ।।
जता गयो, उसकै चर्चा-परिचर्चा सुन्न पाइने ।
कति विघ्न लोकप्रिय नाम, पाई जन्मन थालेको छ ।।
ढिलो भयो, केही छैन, कहिलेकाहीँ यस्तै हुन्छ ।
नवरत्नजडित ताजै, लाई जन्मन थालेको छ ।।
सर्वत्र नै खुसियाली, छाई जन्मन थालेको छ ।।