व्यर्थैको मेरो दिल चोरेर के पाउँछौ ।
जिउँदो लाश हुँ म फोरेर के पाउँछौ ।
मायाँ र दया छैन म संग त,तिमीले
दिलमा मेरो नाम कोरेर के पाउँछौ ।
आखिर मेरो कुनै चिनारी नै छैन त
म जस्तो झार पात सोरेर के पाउँछौ ।
गरिब हुँ म अनि शिक्षा हिन पनि छु
त्यसो त फेरी नाता जोडेर के पाउँछौ ।
तिमीले अजै पनि तोडेर के पाउँछौ ।