चाहियोरे मिनी स्कर्ट, चोली फेर्न थालिन ।
नबोक्नेरे डोकोनाम्लो, झोली फेर्न थालिन ।।
हिजो सम्म सोझि नै, थीईन मैले देख्दा ।
च्याठिएर अहिले त, बोली फेर्न थालिन ।।
कस्ले कान फुकी दियो, हिजोआज कुन्नी ।
पन्धेरी मा जादा नि, खोली फेर्न थालिन ।।
आखी भाउ नै उचाल्दै, मस्किएर सिधै ।
अरु सङ्ग कुरा गर्दा, सोली फेर्न थालिन ।।
कानमालाउने झुम्काको, तोली फेर्न थालिन ।।