चाँदझै मुहार सृष्टिकै फूल दैवले जुराको ।
क्षितिज पारीनी सुनिन्छ कथा उनैको कुराको ।।
सबैले दुखले गरेर खान्छ उनले गरेन ।
भाग्यमा उनको हरेक कुरा ईस्वरले पुराको ।।
अप्सरा बनेर हिडेकी छिन कर्ममा जुरेको ।
चर्चामा आएर बयान छन हातको चुराको ।।
गाउँमा बस्तिमा चल्दछ बात जहाँ'नी उनकै ।
मुटुमा रोपिने धारिलो धार भुत्तेछ छुराको ।।
खेतमा मेलामा उज्याली उनी सबैको सुंदरी ।
अचम्म मानेर वियोगी हेर्छ कुरैले फुराको ।।