चाँदनीको नौलो रात माँग्या थिए तिमीसँग।
जूनीभर मीठो साथ माँग्या थिए तिमीसँग।
हरपल सपनीमा तिमी आई सताउँदा,
सम्बन्धको न्यानो हात माग्याँ थिए तिमीसँग।
माया प्रितले सिँचाएर सृष्टि फूल सजाउन,
प्रेम गर्छु भन्ने बात माँग्या थिए तिमीसँग।
घात अनी प्रतिघात उपहार गर्यौ आज,
चोखोमाया मन्द मात माग्याँ थिए तिमीसँग।
आफ्नो हैन! तिम्रै जात माग्याँ थिए तिमीसँग।
~गुल्मी हाडहाडे
~हालः यू ए ई