चांहिदैन माया भन्दै थर्काएर गयौ आखिर !
आलो घाऊमा नुनचुक् छर्काएर गयौ आखिर !!
तड्पी तड्पी मरे भने खुशी हुँदै बस्नु तिमी !
साँचो माया हैन भनी लर्काएर गयौ आखिर !!
तिम्रो दोष छैन सानु माया गर्नु मेरै गल्ती !
खराब छ मेरो छाती चर्काएर गयौ आखिर !!
पाउने भए मूल्य कति धनी हुन्थेँ होला म !
आँशुको मुल् बनी आज दर्काएर गयौ आखिर !!
रोपी छुरा मुटुमा पिठ फर्काएर गयौ आखिर !!